ढुङ्गा लागेर एक महिलाको मृत्यु
बैतडी । बैतडीमा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका–१ की २८ वर्षीय मैना धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिगास ३ मा पनि घर रहेकी उनी धान ल्याउन वडा नं ३ तर्फ गइरहेका बेला बाटो माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै धामीको मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्