तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज तेस्रो दिन पनि जारी रहेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै 

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका  नेता विष्णु पौडेलले विकास आयोजनाहरूमा सरकारको नीति तथा कार्यक्रम पूर्वाग्रही भएको  टिप्पणी गर्नुभयो ।

बैठकमा सत्तापक्षका सांसद एवं नेपाली कांगेसका नेता गगनकुमार थापाले कृषिमा उत्पादकत्व बढ्ने गरी सरकारले ल्याएको कार्यक्रम सकारात्मक रहेको र सोही अनुसारको बजेट विनियोजन गरिनुपर्नेमा  जोड दिनुभयो । 

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र र राजनीतिमा देखा परेका समस्याहरू समाधान गर्न पुनः एकपटक राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो । 

स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले यो संविधान मिच्न चाहनेहरूलाई  निर्वाचनले बलियो सन्देश दिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button