कञ्चनपुरमा सेनाले निर्माण गरेको शवदाह गृह पालिकालाई हस्तान्तरण

कञ्चनपुर । कञ्चनपुरको दोधाराचांदनी नगरपालिका–६ स्थित महाकाली नदी किनारमा निर्माण गरिएको शवदाह गृह नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाले निर्माण गरेको शवदाह गृह आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सेनाको नम्बर २५ बाहिनी अड्डा अन्तरगतको श्रीदल गुल्मले ८ लाख ९४ हजार ५ सय ८४ रुपैयाँको लगानीमा शवदाह गृह निर्माण गरेको थियो ।
बाहिनीपति पुरुषोत्तम ढकालले नगरप्रमुख किशोर कुमार लिम्बुलाई शवदाह गृह हस्तान्तरण गर्नु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्