तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् प्राधिकरणको गाडीले ठक्कर दिँदा बर्दियामा ११ वर्षीय बालकको मृत्यु

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११ ढल्लापुरस्थित गाडीको ठक्कर बाट ११ वर्षीय बालकको मृत्यु भएको छ ।

आज दिउसो करिब ४ः३० बजेको समयमा नेपाल विद्युत् प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीले ठक्कर दिँदा ११ वर्षीय लवकुश यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभएको छ ।

बालकलाई ठक्कर दिने गाडी र चालक दुवै प्रहरी नियन्त्रणमा रहेको र घटना भए लगत्तै मृतक बालकका आफन्त र स्थानीयले गुलरिया नेपालगंज सडक खण्ड अवरुद्ध गरेको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button