तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ६१ हजार ३ सय ९० मत प्राप्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह जित नजिक पुग्नुभएको छ । 

स्वतन्त्र उम्मेदवार शाहले ६१ हजार ३ सय ९० मत प्राप्त गरी विजयी नजिक पुग्नुभएको हो । 

काठमाडौँ महानगरपालिकामा नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले ३८ हजार १ सय ८७ मत प्राप्त गर्नुभएको छ भने र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले ३७ हजार ९ सय  ४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button