रौतहटका थप दुई पालिकाको मत परिणाम सार्वजनिक

रौतहट । रौतहटको १८ वटै पालिकाको नजिता सार्वजनिक भएको छ । पछिल्लो पटक गरुडा र फतुवा विजयपुरको मत परिणाम सार्वजनिक भएपछि रौतहटका सबै पालिकाको नतिजा सार्वजनिक भएको हो ।
रौतहटको फतुवा विजयपुरमा नेपाली काँग्रेसले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ भने गरुडा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली काँग्रेसले जीत हासिल गरेको छ ।
नेपाली काँग्रेसका गोपाल राय यादवले नगरप्रमुख पदमा ४ हजार ८ सय ५१ मत र उपप्रमुख पदमा अमदेबा खातुनले ५ हजार १ सय ६२ मत प्राप्त गरी विजयी हुनु भएको हो । नगर प्रमुख र उपप्रमुखमा उँहाहरुको निकटतम प्रतिद्धन्द्धिमा नेकपा एमालेका विजय यादवले ३ हजार ३ सय ६१ मत र उपप्रमुखमा ३ हजार ६ सय ६८ मत प्राप्त गर्नु भएको छ ।
यस्तै गरुडा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कन्थमणी प्रसाद कलवारले ४ हजार ५६४ मत र उपप्रमुखमा नेपाली काँग्रेसका पुनम कुमारी चौधरीले ६ हजार ७०३ मत प्राप्त गरी विजयी हुनु भएको हो । निकटतम प्रतिद्धन्द्धि नगरप्रमुखमा नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार बृज किशोर यादवले ४ हजार ५२६ मत प्राप्त गर्नु भएको छ भने उपप्रमुखमा बिन्दु कुमारी देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गर्नु भएको छ ।
यससँगै रौतहटमा नेपाली काँग्रेसले प्रमुख पदमा चन्द्रपुर, राजपुर, परोहा, माधव नारायण, कटहरिया, गढीमाई र फतुवा विजयपुर नगरपालिका गरी ७ पालिकामा विजय हासिल गरेको छ । यस्तै नेकपा एकिकृत समाजवादीले प्रमुख पदमा गौर, राजदेवी, वृन्दावन र बौध्दिमाई गरी ४ पालिकामा विजय हासिल गरेको छ । नेकपा एमालेले मौलापुर, देबाही गोनाही र गरुडा गरी ३ पालिकामा विजय हासिल गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा )ले ईशनाथ नगरपालिका, यमुनामाई गाउँपालिका गरी २ पालिका, जनता समाजवादी पार्टी ( जसपा )ले गुजरा र नेकपा माओवादी केन्द्रले दुर्गाभगबती गाउँपालिकामा विजय हासिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्