काठमाडौँ महानगरको मतगणना: स्वतन्त्र उम्मेदवारको अग्रता कायमै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ ।
जारी मतगणनाअनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६४८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत ल्याउनुभएको छ ।
उपप्रमुखमा एमालेका उम्मेदवार सुनिता डङ्गोलले ५६ हजार २६८ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १९ हजार १५३ मत पाउनुभएको छ ।
वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ ।
प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना कार्य जारी छ । काठमाडौँ महानगरमा हालसम्म एक लाख ५३ हजार ४०४ मतगणना भएको छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्