साँफेबगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी
अछाम । अछामको साँफेबगर नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका राजेन्द्र कुँवर ७ हजार २६५ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति कुँवरले ५ हजार ३९ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का शिवबहादुर कुँवर ‘शिलोज’ ६ हजार ४३४ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रङ्ग ठकुल्लाले ५ हजार ३१४ मत प्राप्त गर्नुभयो ।
साँफेबगरमा काँग्रेस–एकीकृत समाजवादी र एमाले–माओवादीबिच गठबन्धन भएको थियो। योसँगै अछाम जिल्लाका १० वटै पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।
जसमा नेपाली काँग्रेसले ७ पालिकाको अध्यक्ष/प्रमुख (नेतृत्व) पाएको छ । २ पालिकामा एमाले र १ पालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्