तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडाका मेयर लामाद्वारा पदभार ग्रहण

मकवानपुर । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारीकुमारी लामा, उपमेयर राजेश बानियाँसँगै वडा अध्यक्ष, सदस्यहरूले सोमबार शपथ तथा पदभार ग्रहण गर्नुभएको हो ।

उहाँहरूलाई सोमबार मुख्य निर्वाचन अधिकृतबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेपछि पदभार ग्रहण गराइएको थियो ।

पदभार ग्रहणपछि मेयर लामाले अति विपन्न १ हजार ५४१ घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने, मासिक १५ हजार लिटर पानी, २५ युनिट बिजुली निःशुल्क उपलब्ध गराउने पहिलो निर्णय गर्नुभयो ।

यस्तै उहाँले आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युतका पोलहरू सार्ने निर्णय पनि गर्नुभएको छ ।

लामाले उपमहानगरले गठन गरेको महिला जागरण समूहमार्फत लैङ्गिक हिंसाविरुद्धका अभियानहरू सञ्चालन गर्दै पीडित, प्रभावित महिला तथा बालबालिकाका लागि अल्पकालीन आश्रय स्थल (सेफ हाउस) मार्फत प्रभावकारी पुनर्स्थापनाको कार्य गर्ने निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button