पालिका अध्यक्ष राईद्वारा शपथसँगै दुई बुँदे निर्णय
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले पदबहाली गर्दै दुई बुँदे निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।
पदबहालीसँगै सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण गर्ने र आर्थिक वर्ष २०७९/०८० बाट महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई दैनिक १ सय रुपैयाँका दरले खाजा भत्ता उपलब्ध गराउने निर्णय राईले गर्नुभएको हो ।

“सामाजिक सुरक्षा भत्ता लिनका लागि घण्टौँ लगाएर बैङ्कसम्म धाउनुपर्ने बाध्यताबाट बृद्धबृद्धालाई समस्या भएकाले वडा कार्यालयबाट नै भत्ता उपलब्ध गराउने र मासिक एक हजार ५ सय पाउँदै आएका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई आगामी आर्थिक वर्षदेखि दैनिक खाजा भत्ता बापत १ सय रुपैयाँ उपलब्ध गराइने छ ।” नवनिर्वाचित अध्यक्ष राईले भन्नुभयो । स्थानीय तह निर्वाचनको घोषणा पत्रमा यी दुवै बुँदा उल्लेख थिए ।
आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरिएका सबै कुरा क्रमिक रुपमा पुरा गरिने अध्यक्ष राईको भनाई छ ।
अध्यक्षसँगै गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले पनि पदबहाली गर्नुभएको छ ।
पालिकामा नेकपा (माओवादी केन्द्र) का थामबहादुर अध्यक्ष र नेपाली काँग्रेसका वीरेन्द्र राई उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्