तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई आग्रह

लन्डन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताउनुभएको छ ।

शनिबार बेलायतको राजधानी लन्डनमा आयोजित बुद्धको २५६६ औँ जन्म जयन्तीका अवसरमा उहाँले गौतम बुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताउनुभयो ।

मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताउनुभयो ।

“बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु”, मन्त्री पौडेलले भन्नुभयो, “शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृह त्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नुभएको बोधि ज्ञान आजसम्म पनि उत्तिकै शाश्वत रहेको छ ।” उहाँले नेपालीले गर्व गर्ने महत्त्वपूर्ण विषय भनेको गौतम बुद्ध नेपालमा जन्मनु भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button