वीरगन्जमा सिंह र आलमको जित सुनिश्चित
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपमेयरमा नेपाली काँग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ ।
बीरगंज महानगरपालिकाको गणना हुन बाँकी मतभन्दा बढी अन्तरले गठबन्धनका उम्मेदवार अगाडि रहेकाले उहाँहरूको जित सुनिश्चित भएको हो । वीरगन्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकोमा ९३ हजार ७ सय ८२ मत खसेको थियो ।

८० हजार ७ सय ६८ मतगणना हुँदा पाँच दलीय गठबन्धनका नगर प्रमुख पदका उम्मेदवार राजेशमान सिंह नेकपा एमाले र लोसपा गठबन्धनका उम्मेदवार विजय कुमार सरावगीभन्दा १९ हजार ४ सय ५६ मतान्तरले अगाडि हुनुहुन्छ ।
राजेशमान सिंहले ३९ हजार ६ सय ६१ मत ल्याउँदा सरावगीले २० हजार २ सय ५ मत ल्याउनुभएको छ ।
उपमेयरमा पनि गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहनुभएको छ ।
उहाँले निकटतम प्रतिद्वन्द्वी एमाले–लोसपाका गठबन्धनका उम्मेदवार पुरुषोत्तम लाल झाले भन्दा झन्डै ४ गुणा बढी मत प्राप्त गर्नुभएको छ । इम्तियाजले २५ हजार ५९ मत प्राप्त गर्दा झाले ६ हजार ६ सय ५० मत मात्रै पाउनुभएको छ । उहाँहरूको मतान्तर १८ हजार ४ सय ९ रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्