तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा नगरपालिकामा रामकृष्ण खाँणको अग्रता

रुपन्देही ।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका रामकृष्ण खाँणको अग्रता बढ्दै गएको छ । बिहानसम्म गणना भएको ३४ हजार २ सय मतको परिणाम सार्वजनिक गर्दा खाँणले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँले भन्दा ५५४ मत बढी ल्याउनुभएको हो ।चापागाईँले १२ हजार ७ सय ६९ मत पाउँदा खाँणले १३ हजार ३ सय २३ मत पाउनुभएको छ ।

उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी चौधरी दोब्बर मतले अगाडि हुनुहुन्छ । चौधरीले १२ हजार ७ सय १५ मत पाउँदा गठबन्धनबाट उपप्रमुखका उम्मेदवार बनेका माओवादी केन्द्रका हेमन्त पाण्डेले ६ हजार ३ सय ६२ मत प्राप्त गर्नुभएको छ।कुल १७ वटा वडा रहेको नगरपालिकामा हालसम्म वडा नं १, २, ३,१४ १५,१६ र १७ को अन्तिम परिणाम आइसकेको छ। जसअनुसार वडा नं १ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २,३,१४, १६ र १७ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ। कुल ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७०२ मत खसेको थियो।

यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरे मेयर रहेको तिलोत्तमामा राम्रो काम गरेको भन्दै दुईबर्ष नगरपालिका उत्कृष्ट घोषणा भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button