तपाईँ सुन्दै हुनुहुन्छः

१ लाख १० हजार ८ सय ६०  मत गणना हुँदा बालेन्द्र शाहको ४० हजार मत नाघ्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अहिले (४ः४५)  सम्म १ लाख १० हजार ८ सय ६० मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

काठमाडौँ महानगरपालिकाको प्रमुखमा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिइरहनुभएको छ ।

उहाँले ४० हजार ५१  मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २२ हजार ५ सय ८४ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २१ हजार ८ सय ५१ मत प्राप्त गर्नुभएको छ । 

यसैबीच नेकपा एमालेबाट उपप्रमुख पदका उम्मेदवार सुनिता डङ्गोलले ३९ हजार ८ सय १६ मत प्राप्त गरी अग्रता कायम गरिरहनुभएको छ ।

गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका तर्फबाट उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ८ सय ९५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button