तपाईँ सुन्दै हुनुहुन्छः

बारागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा  जनता समाजवादी विजयी

बारा । बाराको बारागढी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार जयसवाल र उपाध्यक्षमा लक्ष्मी देवी राय विजयी हुनुभएको छ । ५ हजार ४ सय २६ मत ल्याई अध्यक्ष पदमा जयसवाल  विजयी भएका हुन् । 

विजयी भएका जयसवालले आफ्ना  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका वृजकिशोर प्रसादलाई २ हजार ३ सय ८४ मतान्तरले पराजित गरेका हुन् । 

पराजित भएका वृजकिशोर प्रसादले ३ हजार ४२ मत ल्याउनुभएको छ  । यस्तै उपाध्यक्ष पदमा जनता समाजवादी पार्टीकी उम्मेदवार लक्ष्मीदेवी राय ४ हजार ३ सय ६६ मतसहित विजयी हुनुभएको छ  । 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार कलाउनी थरुनीले ३ हजार ६ सय २१ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button