बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
कोहलपुरको नगर प्रमुखमा नेपाली काँग्रेसका पूर्णप्रसाद आचार्य १९६८ मतान्तरले विजयी हुनुभएको छ । नेकपा एमालेका खिल प्रसाद भुसाललाई १ हजार ९६८ मतान्तरले पराजित गर्दै आचार्य नगर प्रमुख निर्वाचित हुनुभएको हो ।
आचार्यले १४ हजार १५३ मत र भुसालले १२ हजार १८५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै काँग्रेसकै सङ्गीता सुवेदी एमालेकी अस्मिता थारुलाई ९१७ मतान्तरले पराजित गर्दै नगर उपप्रमुखमा निर्वाचित हुनुभएको छ । सुवेदीले १४ हजार ७४ मत र चौधरीले १३ हजार १५७ मत प्राप्त गर्नुभयो ।
कोहलपुरमा काँग्रेसले ९, एमालेले ४ र नेकपा माओवादी केन्द्रले २ वटा वडा जितेका छन् ।








प्रतिक्रिया राख्नुहोस्