तपाईँ सुन्दै हुनुहुन्छः

हालसम्म ७ सय ९ पालिकाको अन्तिम परिणाम सार्वजनिक

फाइल तस्बिर

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ७ सय ९ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय १३, नेकपा एमालेले १ सय ९०, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी २१ नेकपा एकीकृत समाजवादीले ९ र अन्यले ५६ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ९०, नेकपा एमालेले २ सय १५, नेकपा माओवादी केन्द्रले १ सय २७, जनता समाजवादी पार्टी ३० र अन्यले ४७ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ५ सय ५४,  नेकपा एमाले २ हजार ५१, नेकपा माओवादी केन्द्र १ हजार ३०, जनता समाजवादी पार्टी २ सय ७७ र अन्य ५ सय ६२ गरी ६ हजार ४ सय ७४ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

हालसम्म ७ सय ९ पालिकाको अन्तिम परिणाम सार्वजनिक

प्रतिक्रिया राख्नुहोस्

Back to top button