तपाईँ सुन्दै हुनुहुन्छः

अर्जुनधारा नगरपालिकामा एमालेका उम्मेदवार निर्वाचित

झापा । झापाको अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ निर्वाचित हुनुभएको छ ।

तामाङले संयुक्त गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई पराजित गर्नुभएको हो । तामाङले १९ हजार १६९ मत प्राप्त गर्नुभयो भने कार्कीले १३ हजार ७४३ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेका खड्गमाया पराजुली निर्वाचित हुनुभयो । उहाँले १७ हजार ६३७ मत प्राप्त गर्नुभयो । संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का जितेश योञ्जनले नौ हजार ७१ मत प्राप्त गर्नुभयो ।

विसं २०७४ मा भएको निर्वाचनमा पनि अर्जुनधारा नगरपालिकामा एमाले नै जीत हासिल गरेको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button