तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी आरोपमा पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले काठमाडौँको स्वयम्भूबाट मनोज पाण्डेलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजना गरी आफूमाथि जबरजस्ती करणी गरेको सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि उक्त कार्यालयबाट खटिएको टोलीले आज साँझ पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

file photo

सामाजिक सञ्जालमा युवतीद्वारा सार्वजनिक श्रव्य सामग्रीमा पाण्डेमाथि सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिता आयोजना गरेको र कार्यक्रम सकिएपछि छ महिनासम्म आफूलाई धम्क्याएर करणी गरेको आरोप लगाइएको छ । उक्त घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले उक्त भिडियोमा उल्लिखित विषयमा अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । समितिले घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको संयोजक कुँवरले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button