तपाईँ सुन्दै हुनुहुन्छः

हालसम्म ६ सय ९४ पालिकाको अन्तिम परिणाम सार्वजनिक

फाइल तस्बिर

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ६ सय ९४ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय ७, नेकपा एमालेले १ सय ८८ नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी १९ नेकपा एकीकृत समाजवादीले ९ र अन्यले ५१ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ८१, नेकपा एमालेले २ सय १३, नेकपा माओवादी केन्द्रले १ सय २५, जनता समाजवादी २८ र अन्यले ४७ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ५ सय १८, नेकपा एमाले २ हजार १६, नेकपा माओवादी केन्द्र १ हजार २६, जनता समाजवादी पार्टी २ सय ६६ र अन्य ५ सय ५५ गरी ६ हजार ३ सय ८१ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button