दोषीलाई कारबाही गर्न माग गर्दै सुर्खेतमा विरोध प्रदर्शन

सुर्खेत । सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै आज सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

‘बलात्कारी होस् तँ’ भन्दै वीरेन्द्र चोकमा भेला भएका युवायुवतीले पीडित युवतीलाई तत्काल न्याय दिन र दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

बलात्कारीलाई सजाय दे, दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, बलात्कार सम्बन्धी घटनाको न्याय निरूपणका लागि देखिएको हदम्याद खारेज गर लेखिएको प्ले कार्ड प्रदर्शन गर्दै प्रदर्शनकारीहरूले बलात्कारमा परेकी पीडित युवतीलाई न्याय दिलाउने कार्यमा ढिलाइ नगर्न समेत सरकारलाई सुझाव दिएका छन् ।









प्रतिक्रिया राख्नुहोस्