त्रिवेणी नगरपालिकामा कांग्रेस, बुढीनन्दा नगरपालिकामा एमालेको जित
बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका प्रमुखमा नेकपा एमालेका जनक कुमार बोहरा र उप प्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् ।
बोहरा ५ हजार ११५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पदम कुमार गिरीले ३ हजार २७१ मत पाए । गिरी बुढीगंगा नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् ।
उप प्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा ४ हजार ७७ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रितादेवी सिंहले ३ हजार ६७७ मत प्राप्त गरे ।
जिल्लाको त्रिवेणी नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका कर्णबहादुर थापा ४ हजार ७६१ मत ल्याइ विजयी भएका छन् । प्रतिद्वन्द्वी बाम गठबन्धनका मोतीसिंह बुढाले ३ हजार ५८६ मत पाए ।
उप प्रमुखमा नेपाली काँग्रेसकी कमला जैसी (न्यौपाने) ४ हजार ७४३ मतका साथ विजयी भएकी छन् । प्रतिद्वन्द्वी बाम गठबन्धनका मनराज बुढाले ३ हजार ९४ मत प्राप्त गरे ।
योसँगै जिल्लाका ९ मध्ये ८ पालिकाको मत परिणाम आइसकेको छ ।
बुढीगंगा नगरपालिकामा भने नेपाली काँग्रेस र नेकपा एमालेबिच विवाद हुँदा मत गणना गर्ने कि पुनः मतदान गर्ने बारेमा अन्यौलता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्