तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका ८ पालिका मध्ये काँग्रेस ५, माओवादी २ र स्वतन्त्र १ पालिकामा विजयी

जुम्ला । जुम्लाका आठ वटा स्थानीय तह मध्ये चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

५ गाउँपालिकामा नेपाली काँग्रेस, दुई गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । 

चन्दननाथमा मेयर स्वतन्त्र, उपमेयर काँग्रेस 
जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित हुनुभएको छ । 

काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका कठायतले काँग्रेसकै उम्मेदवार पदम शाहीलाई पछि पार्दै विजयी हुनुभएको हो ।  

कठायतले २ हजार ४ सय ३ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी काँग्रेसकै पदम बहादुर शाहीले दुई हजार ३ सय ४१ मत पाउनुभयो  । 

त्यस्तै उपमेयरमा भने काँग्रेसबाट रामदेवी खड्का २ हजार ८ सय ८ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका भीम बहादुर थापाले १ हजार ६ सय ८६ मत प्राप्त गरेका हुन् गर्नुभयो । 

तातोपानीमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी
तातोपानी गाउँपालिकामा नेपाली काँग्रेसका नन्दप्रसाद चौंलागाई निर्वाचित हुनुभएको छ ।  २ हजार ४ सय ९१ मत प्राप्त गर्दै अध्यक्षमा चौलागाई विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमालेका सुरत बहादुर शाहीले २ हजार २५ मत प्राप्त गरेका गर्नुभयो ।  

त्यस्तै, उपाध्यक्षमा भने माओवादी केन्द्रबाट रेवती रावल १ हजार ८ सय ९ मत ल्याई विजयी हुनुभएको छ ।उहाँका प्रतिस्पर्धी काँग्रेसका विन्दु अधिकारीले १ हजार ४ सय २३ मत प्राप्त गर्नुभयो  ।  

तिला गाउँपालिकामा माओवादी केन्द्र
तिला गाउँपालिकाका माओवादी केन्द्रका मोतिलाल रोकाया १ हजार ९ सय ३६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । 

उहाँका प्रतिस्पर्धी काँग्रेसका एकराज चौंलागाईले १ हजार ९ सय १५ मत प्राप्त गर्नुभयो  ।  त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै गोरिकला बुढा २ हजार २२ मत ल्याएर विजयी हुनुभएको छ  । उहाँका प्रतिद्वन्द्वी काँग्रेसबाट सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत ल्याउनुभयो । 

तिला गाउँपालिकामा नेपाली काँग्रेस विजयी
हिमा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका लक्ष्मण शाही विजयी हुनुभएको छ । उहाँले १ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । 

उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका अम्मराज शाहीले १४ सय २३ मत ल्याउनुभयो ।  त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेसकै सर्पना शाही १५ सय १८ मत ल्याइ विजयी हुनुभएको छ  । उहाँका प्रतिस्पर्धी माओबादीका कल्पना दमाईले १४ सय ८९ मत ल्याउनुभयो । 

सिँजा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयीसिँजा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धितालले १९ सय ४९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका नन्दराम बुढाले १८ सय ३१ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि माओवादका सितली रोकाया १९ सय ६६ मत ल्याई निर्वाचित हुँदा प्रतिद्वन्द्वी काँग्रेसका रजन्कला शाहीले १ हजार ६९ मत प्राप्त गर्नुभयो । 

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस विजयी  
कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट दामोदर आर्चायले २८ सय ६ मत प्राप्त गर्दै विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीका धन बहादुर रावतले २५ सय ६२ मत ल्याउनुभयो । त्यस्तै,  उपाध्यक्षमा पनि काँग्रेसकै प्रेमकली बुढा २३ सय ८० मत ल्याई विजयी हुनुभएको छ  । उहाँकी प्रतिस्पर्धी माओवादीका रिता खत्रीले १९ सय ४५ मत ल्याउनुभयो । 

कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी
पातारासी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका पूर्णसिंह बोहोराले २७ सय ६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका हरि बहादुर बुढाले २६ सय ६८ मत ल्याउनुभयो । 

त्यस्तै, उपाध्यक्षमा माओवादीका जनमाया रोकाया २७ सय ७४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शान्ति बुढाले २४ सय ५४ मत ल्याउनुभयो । 

गुठिचौर गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा समाजवादी विजयी
जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका दानबहादुर बुढा विजयी हुनुभएको छ  । निर्वाचित बुढाले  १७ सय ७५ मत ल्याउनुभयो भने उहाँका प्रत्याशी एकीकृत समाजवादीका जनक थकालीले १६ सय ०४ मत प्राप्त गर्नुभयो । 

यस्तै, उपाध्यक्षमा एकीकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी हुनुभएको छ  ।  भण्डारीले १५ सय ३ मत ल्याउनुभयो भने उहाँको प्रतिस्पर्धी माओवादीका राजकन्य बुढाले १२ सय १४ मत पाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button