तपाईँ सुन्दै हुनुहुन्छः

बारामा म्यादी प्रहरी आन्दोलित

बारा । बारामा म्यादी प्रहरी आन्दोलित भएका छन् । स्थानीय तह निर्वाचनका लागि खटाइएका म्यादी प्रहरीमाथि अभद्र व्यवहार भएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत असई रविकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरूको आरोप छ । उनीहरूले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन समेत गरेका थिए । आक्रोशित म्यादी प्रहरीको भिडले जिल्ला प्रहरी कार्यालय परिसरमा ढुंगामुढा समेत गरेका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले म्यादी प्रहरीमाथि अभद्र गर्ने असईलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएपछि घटना साम्य भएको छ ।

म्यादी प्रहरीलाई निर्वाचन सम्पन्न भए पनि कडा ड्युटी खटाउने, गाली गलौज गर्ने र अभद्र व्यवहार गर्ने काम प्रहरीबाटै भएकोले आन्दोलनमा उत्रन बाध्य भएको एक म्यादी प्रहरीले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button