‘योजना बनाउँदा ध्यान दिएर जनमैत्री काम गर्न जनप्रतिनिधिलाई आग्रह’

स्याङ्जा । नेकपा एमाले केन्द्रिय कमिटी सचिव पदमा अर्यालले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई वितरणमुखी बजेटले दिगो विकास गर्न नसक्ने भन्नुहुँदै योजना बनाउँदा ध्यान दिएर जनमैत्री काम गर्न आग्रह गर्नुभएको छ ।
उहाँले जनप्रतिनिधि जनताको नजिकको मान्छे भएकाले जनतालाई मन नपर्ने काम कुनै पनि नगर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
निर्वाचन परिचालन कमिटी वालिङद्वारा आज आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जनप्रिय शैलीमा काम गर्न उहाँले आग्रह गर्नुभयो ।
विजेतालाई बधाई तथा उपबिजेतालाई सम्मान व्यक्त गर्नुहुँदै उहाँले जनप्रतिनिधिलाई धैर्यतापूर्वक अगाडि बढ्न निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मीले जनप्रतिनिधिले जनतासँग नजिक रहेर काम गर्नुपर्ने भन्दै नागरिकको दुख सुखमा सामेल हुनुपर्ने बताउनुभयो ।
नवनिर्वाचित वालिङ नगरप्रमुख कृष्ण खाँणले जनभावना अनुसार काम गर्ने बताउनुभयो । उहाँले सीमित स्रोत साधनको व्यवस्थापन गर्दै नागरिकको असीमित चाहानाहरू पुरा गरी नागरिकको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै कार्यक्रममा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे, जिल्ला सचिवालय सदस्य खगिसरा थापा, गल्याङ नगर कमिटी अध्यक्ष दानबहादुर रानालगायतले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्