तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुको विजय नगरमा एमाले विजयी

कपिलवस्तु । कपिलवस्तुको विजय नगरमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गोपाल बहादुर थापा र लक्ष्मी कुमारी चौधरी विजयी हुनुभएको छ ।

अध्यक्षमा थापा ५ हजार ८ सय ३८ मत ल्याएर विजय हुनुभएको हो भने उहाँका प्रतिद्वन्द्वी जसपाका जानकी प्रसाद यादवले ५ हजार ३ सय ३४ मत ल्याउनुभयो ।

उपाध्यक्षमा नेकपा एमाले तर्फबाट लक्ष्मी कुमारी चौधरी ४ हजार ९ सय ३० ल्याएर विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका गुन्जेश्वरी चौधरीले ४८४९ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button