तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाललाई योग शिक्षकको देशको रुपमा विकास गर्नुपर्छ’

काठमाडौँ । योग र जडीबुटीको देशको रुपमा नेपाललाई विश्वभर चिनाउनु पर्नेमा त्यस क्षेत्रका विज्ञहरूले जोड दिनु भएको छ ।

योग गुरु आचार्य राजन शर्माद्वारा लिखित पुस्तक ‘योग दर्शन र प्राचीन चिकित्सा’ र ‘कि टु ह्यापिने’̕ नामक पुस्तकको लोकार्पण गर्न शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपालबाटै उत्पत्ति र विकास भएको योग तथा प्राचीन चिकित्सालाई नेपालीहरूले कटिबद्ध भई अघि बढाउनुपर्ने र यसकै माध्यमबाट नेपाललाई विश्वमा परिचित गराउनु आवश्यक भएकोमा जोड दिनुभयो । 

कार्यक्रममा योग गुरु आचार्य राजन शर्माले नेपाललाई स्वस्थ नागरिकको देशमा र योगका शिक्षकहरूको देशको रुपमा विकास गर्न हरेक नागरिकले योगाभ्यास गर्न र योगी बन्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले अब नेपालीहरू श्रमिकको रुपमा नभै विश्वका विभिन्न मुलुकहरूमा योग प्रशिक्षक तथा विज्ञको रुपमा जाने अवस्था निर्माण गर्ने गरी नेपालीहरूलाई निःशुल्क रुपमा योग शिक्षकको प्रशिक्षण गराइरहेको बताउनुभयो ।

कार्यक्रममा वक्ताहरूले आचार्य राजन गुरुले अन्तर्राष्ट्रिय स्तरको योग शिक्षक निर्माण गर्न नेपालीहरू बीच विश्वव्यापी रुपमा योग प्रशिक्षण अभियान चलाएर हजारौँ नेपालीहरू लाभान्वित भएको बताउनुभयो । 

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (जिएसपिएस)द्वारा आयोजित कार्यक्रममा योग शिक्षकको तालिम प्राप्त गरेका दुई सयभन्दा बढीलाई योग शिक्षकको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button