बुटवल उपमहानगरपालिकाको प्रमुखमा काँग्रेसका पाण्डे र उपप्रमुखमा एमालेका अर्याल विजयी

रुपन्देही । बुटवल उपमहानगरपालिकाको प्रमुखमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका खेलराज पाण्डे फराकिलो मतान्तरमा विजयी भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी सावित्रीदेवी अर्याल निर्वाचित भइन् ।
एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे नगर प्रमुखमा निर्वाचित भएका हुन् । पाण्डेले ३० हजार १३० मत ल्याए भने प्रतिस्पर्धी भट्टराईले २२ हजार ५९७ पाए ।

उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का चीनबहादुर गुरुङलाई ७ हजार ९९४ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरुङले १६ हजार ९८० मत मात्र ल्याउन सके ।
१९ वटा वडा रहेको बुटवलमा ९० हजार १६ मध्ये ६३ हजार १७ मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्