जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै रहेको छ ।
साहले ८ हजार ४ सय ३६ मत हित पहिलो स्थानमा रहनुभएको छ । गठबन्धनका उम्मेदवार भने उहाँसँग ६ हजारभन्दा बढी मतले पछाडि पर्नुभएको छ । गठबन्धनको तर्फबाट मेयरमा जसपाका लालकिशोर साहले २ हजार ३ सय ७३ मतसहित पाँचौँ स्थानमा रहनुभएको छ ।
गठबन्धनका उम्मेदवार लालकिशोर साह जनकपुरधाम उपमहानगरपालिकाको निवर्तमान नगरप्रमुख हुनुहुन्छ ।
दोस्रो स्थानमा नेकपा एमालेका शिवशङ्कर साह भएको छ । उहाँले ५ हजार ८ सय ९५ मत ल्याउनुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी ३ हजार ४०, स्वतन्त्र उम्मेदवार बलराम महतो २ हजार ५ सय ७५ मत ल्याउनुभएको छ ।
यस्तै, स्वतन्त्र उम्मेदवार जानकीराम साह १ हजार ३ सय ६६, जनमत पार्टीकी अनिता देवी ८ सय ९७, तमलोपाका विभा ठाकुरले ८ सय ९२ मत ल्याउनुभएको छ ।
उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोरी साह ९ हजार ४ सय ४५ मतसहित पहिलो स्थानमा रहनुभएको छ ।
नेकपा एमालेकी रुणा देवी झा ६ हजार ९ सय ४, लोसपाकी रिता कुमारी मिश्र ३ हजार ५९, स्वतन्त्र उम्मेदवार निर्मल चौधरी २ हजार ४ सय ९६, जनमतका सन्तोष कुमार साह १ हजार ४८, तमलोपाका ईश्वर पण्डित कुम्हार ८ सय ४५ मत ल्याउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्