तपाईँ सुन्दै हुनुहुन्छः

पर्साका १३ पालिका प्रतिनिधिहरूको शपथ ग्रहण जेठ ९ गते

बीरगंज । जिल्ला समन्वय समिति पर्साले जिल्लाका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ ९ गते शपथ ग्रहणका लागि उपस्थित हुन आग्रह गरेको छ ।

जिल्ला समन्वय समिति पर्साका समन्वय अधिकारी छविरमण भट्टराईद्वारा आज जारी पत्रमा वैशाख ३० गतेको स्थानीय तह निर्वाचन सम्पन्न भई अन्तिम परिणाम आइसकेका स्थानीय तहहरूमा नगर प्रमुख, गाउँपालिकाका अध्यक्षहरूलाई शपथ ग्रहण गर्नका लागि मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलको आदेश अनुसार जेठ ९ गते सोमबार बिहान १०ः३० बजे जिल्ला समन्वय समितिको कार्यालयमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

तर वीरगन्ज महानगरपालिकाको भने मतगणना जारी रहेकोले सकिना साथ नयाँ मिति तय हुने जनाइएको छ ।

वीरगञ्ज बाहेक पर्साका १३ वटा पालिकाका नगर प्रमुख तथा अध्यक्षहरूलाई जेठ ९ गते शपथ ग्रहण गराइने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button