तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

वीरगञ्ज । मधेस प्रदेशस्थित पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । 

उहाँका प्रत्याशी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी उपप्रमुखमा पनि गठबन्धनकै उम्मेदवार नेपाली काँग्रेसका इम्तियाज आलम कूल १९ हजार ९०२ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ भने उहाँका प्रत्याशी लोसपाका नेता पुरुषोत्तमलाल झा चार हजार ४२३ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मत परिमाण आउन बाँकी छ । मतगणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइन्छ ।

महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी)र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button