तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाको गणेशमान चारनाथ नगरपालिका र हंसपुर नगरपालिकामा काँग्रेस विजयी

जनकपुरधाम ।  धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका र हंसपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । 

गणेशमान चारनाथ नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार जितनारायण यादव ३ हजार १ सय ८ मतसहित विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामचरित्र यादवले २ हजार ७ सय ६० मत प्राप्त गर्नुभयो ।
 उपप्रमुखमा नेपाली काँग्रेसका तुलसा कुमारी पाण्डे ३ हजार २ सय ८३ मतसहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका गणिता कुमारी महतोले २ हजार ३ सय २६ मत प्राप्त गर्नुभयो । 

यसैगरी धनुषा जिल्लाको हंसपुर नगरपालिकाको  मेयरमा नेपाली काँग्रेसका प्रदीप कुमार यादवले ४ हजार ४ सय ९ मतसहित विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुनिक कुमार यादवले २ हजार ९ सय ११ मत ल्याउनुभयो । 

त्यस्तै, उपमेयरमा नेपाली काँग्रेसका दुर्गा देवीले ४ हजार ४ सय २५ मतसहित विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोसपाका उम्मेदवार दिपीका क्षेत्रीले २ हजार ९ सय तीन मत प्राप्त गर्नुभयो । 

धनुषाको १८ पालिका मध्ये ४ पालिकाहरू सवैला, क्षिरेश्वरनाथ, मिथिला विहारी र जनकपुरधाम उपमहानगरपालिकाको अन्तिम मत प्राप्त हुन बाँकी रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button