बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ ।
अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित हुनुभएको हो । उहाँहरू दुवै जना पुनः निर्वाचित हुनुभएको हो ।
शाहले काँग्रेसका रामचन्द्र मौर्य र श्रीवास्तवले काँग्रेसकै अतिकुन निशा खाँलाई पराजित गर्नुभएको हो ।
शाह ५ अवार ३७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी मौर्यले ३ हजार ६ सय ८५ मत पाउनुभयो भने श्रीवास्तव ३ हजार ८ सय ७९ मतका साथ निर्वाचित हुँदा खाँले ३ हजार ६सय ७२ मत ल्याउनुभएको छ ।
नरैनापुरमा ४ वटा वडा कांग्रेस र २ वडा जसपाले जितेका छन् । वडा नम्बर १, ४, ५ र ६ मा कांग्रेस तथा २ र ३ मा जसपा विजयी भएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्