बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

बारा । बाराको देवताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा उदयप्रसाद यादव र उपाध्यक्ष सीतापतिदेवी यादव विजयी हुनुभएको हो ।
अध्यक्ष यादवले ६ सय १ मतले निकटतम प्रतिद्वन्द्वी लोसपाका चन्दन सिंहलाई पराजित गर्नुभएको हो ।
नव निर्वाचित अध्यक्ष यादवले ४ हजार १ सय ७६ मत प्राप्त गर्नुभयो भने लोसपाका सिंहले ३ हजार ५ सय ७५ मत पाउनुभयो ।
त्यस्तै उपाध्यक्षमा सीतापति देवी यादवले ४ हजार २ सय २ मत ल्याई विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी लोसपाकी रामपति देवीलाई ३ हजार ७६ मत ल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्