तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको बोदे बर्साइन नगरपालिकाको नगर प्रमुखमा पुनः आतेशकुमार सिंह निर्वाचित

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकाको नगर प्रमुखमा पुनः जनता समाजवादी पार्टी, नेपालका आतेशकुमार सिंह यादव निर्वाचित हुनुभएको छ । सिंहले ४१३ मत बढी ल्याएर पुन : निर्वाचित हुनुभएको हो । 

निर्वाचित सिंहले ५ हजार ६९३ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिपेन्द्रकुमार यादवले ५ हजार हजार २८० मत प्राप्त गर्नुभयो । यसअघि स्थानीय तह २०७४ को निर्वाचनमा फोरमबाट उठ्नु भएका  सिंहले ४ हजार ५४७ मत ल्याउनु भएको थियो ।

उपप्रमुखमा जसपाकै रेणुकुमारी साह ५ हजार १५४ मतका साथ निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुनिताकुमारी साहले ४ हजार ९३६ मत ल्याउनु भएको छ ।कुल १० वडा रहेको नगरपालिकामा जसपा र कांग्रेसले ३÷३, एमालेले २ तथा माओवादी र लोसपाले १/१  वडा अध्यक्ष जितेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button