तपाईँ सुन्दै हुनुहुन्छः

रतुवामाई नगरपालिका प्रमुखमा काँग्रेसका गनगाई र उपप्रमुखमा एमालेकी विष्ट निर्वाचित

विराटनगर। मोरङको रतुवामाई नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका नागेश्वरप्रसाद सिंह गनगाईले १३ हजार १३५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी दमयन्तादेवी चुडालले नौ हजार ३७४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुमन कालीकोटेले आठ हजार ४७९ मत प्राप्त गर्नुभएको थियो । उक्त नगरपालिकामा नेकपा एमालेले वडा नं २, ३, ४, ६ र ७, नेकांले ५, ८, ९ र १० तथा नेकपा (माओवादी केन्द्र) ले १ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button