धनगढी उपमहानगर हमाल दोब्बर मतले अगाडि

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमाल (स्वतन्त्र) ले दोब्बर मतले अग्रता लिनु भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार हमालले २२ हजार ५४१ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली काँग्रेसका नृपबहादुर वडाले ११ हजार ५४४ मत प्राप्त गर्नु भएको छ ।
नेकपा एमालेका रणबहादुर चन्दले ६ हजार ४२३ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा नेकपा एमालेका कन्दकला रानाले १० हजार ८८० मत र नेकपा माओवादी केन्द्रका शान्ति अधिकारीले १० हजार ७०३ मत प्राप्त गर्नुभएको छ ।
धनगढी उपमहानगरमा ६३ हजार ७१५ मत खसेकोमा हालसम्म ५१०६५ मत गणना पूरा भएको छ । यसैबिच गणना पूरा भएका अधिकांश वडामा काँग्रेसले जित हातपारेकाे छ । काँग्रेसले वडा न. १,२,३,४,५,१४,१५,१७,१९ वडा जितेको छ भने एमालेले वडा ७, १८ र माओवादीले ६, १६ मा जित हासिल गरेको छ । धनगढीमा १९ वडा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्