बूढीनन्दामा प्रमुखमा एमाले, उपप्रमुखमा स्वतन्त्र
बाजुरा। जिल्लाको बूढीनन्दा नगरपालिको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ । जनकले पाँच हजार ११५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका पदमकुमार गिरीले तीन हजार २७१ मत ल्याउनुभयो ।
यस्तै नगरउपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुरले चार हजार ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीतादेवी तीन हजार ६७७ मत ल्याउनुभयो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ वडा एमाले र ३ वडाध्यक्ष काँग्रेसले जितेको छ । जिल्लाका नौ पालिकामध्ये आठ पालिकाको मत परिणाम आइसकेको छ । बूढीगङ्गा नगरपालिकामा कांग्रेस र एमालेबीच विवाद हुँदा मतगणनाबारेमा अन्योल रहेको छ । नगरपालिकाको विवाद समाधानका लागि निर्वाचन आयोगको टोलीले अनुगमन गरेको भए पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्