बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेस विजयी
नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली काँग्रेसले जितेको छ ।
अध्यक्षमा काँग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षमा पनि काँग्रेसकै निर्मला रोकाय निर्वाचित हुनुभएको छ ।

शाहीले १२१८० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी घननाथ खनालले १०३८२ मत ल्याउनुभएको छ । यस्तै उपाध्यक्षमा निर्वाचित रोकायले १२१५२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी प्रेमपूर्ण योगीले १०७३३ मत पाउनुभएको छ ।
२०७४ मा बैजनाथमा एमालेले जितेको थियो ।








प्रतिक्रिया राख्नुहोस्