चक्रघट्टामा जसपाका अध्यक्ष उपाध्यक्ष निर्वाचित

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) नेपालले जित निकालेको छ । जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा कृष्ण कुमार यादव र उपाध्यक्षमा मिना देवी राय निर्वाचित हुनुभएको हो ।
यादव ५ हजार ९ सय १५ मत ल्याएर विजयी बन्नुभएको हो । यसैगरी उपाध्यक्षमा राय ५ हजार ८ सय १५ मत ल्याएर विजयी बन्नुभयो ।
यादवका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रामजी साह तेलीले ३ हजार ५ सय २१ मत प्राप्त गर्नुभयो भने उपाध्यक्षमा रायको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार विमल जयसवालले ३ हजार ७ सय ६० मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्