तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको बर्जुमा एमाले विजयी

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा नेकपा एमाले उम्मेदवारहरू अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हुनुभएको छ ।   नेकपा एमालेको तर्फबाट अध्यक्ष पदमा जिवछ कुमार राय र उपाध्यक्ष पदमा नितु कुमारी चौधरी भारी मतले विजयी हुनुभएको हो ।    

अध्यक्ष पदमा जिवछ कुमार रायले ७ हजार ८ सय ६१ मत र उपाध्यक्ष पदमा नितु कुमारी चौधरीले ८ हजार ४५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।  

अध्यक्षमा विजयी हुनुभएका रायका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघु नन्दन चौधरीले ७ हजार ४ सय ७४ मत प्राप्त गर्नुभयो । त्यसैगरी उपाध्यक्ष पदमा विजयी हुनुभएकी चौधरीकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी संगिता कुमारी रायले ७ हजार २ सय ९९ मत प्राप्त गरी पराजित हुनुभयो ।      

प्रतिक्रिया राख्नुहोस्

Back to top button