तपाईँ सुन्दै हुनुहुन्छः

मटिहानी नगरपालिकामा लोसपाबाट मेयर र उपमेयर विजयी

बर्दिबास । महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार मेयर र उपमेयर विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय मटिहानीका निर्वाचन अधिकृत कुल बहादुर फडेराले दिनुभएको जानकारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका हरिप्रसाद मण्डलले ४ हजार ३ मत ल्याएर विजयी हुनु भएको छ  । मेयरमा मण्डल १ हजार ३२९ मतान्तरले विजयी हुनु भएको छ ।  

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद मुजिबुल रहमानले २ हजार ६७४ मत प्राप्त गर्नु भएको छ । 

यस्तै, उपमेयरमा लोसपाकै मञ्जु देवी ३ हजार ८६४ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालय मटिहानीले जनाएको छ । 

उहाँको निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका जिवछी देवी यादवले २ हजार ७ सय ५१ मत प्राप्त गर्नु भएको छ । 

उपमेयरमा १ हजार ११३ मतान्तरले लोसपाकी मञ्जु विजयी भएको निर्वाचन अधिकृत फडेराले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button