गाेरखाका चुमनुब्री गाउँपालिकामा माओवादी केन्द्रकाे अग्रता
गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि माओवादी केन्द्रका उम्मेदवारद्वय निमा लामा र लक्ष्मी गुरुङको अग्रता रहेको छ ।
लामाले ७८० मत प्राप्त गर्दा नेपाली काँग्रेसका धन बहादुर गुरुङले ६०५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका सुक बहादुर गुरुङले ४५ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रकी उम्मेदवार लक्ष्मी गुरुङले ८९३ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी मेताेक छाेकी लामाले ४७२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार सानु गुरुङले ३८ मत प्राप्त गरेकी गर्नुभएको छ । जनता समाजवादी पार्टीका करसाङ छुटेन लामाले ४ मत प्राप्त गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्