तपाईँ सुन्दै हुनुहुन्छः

आठबीसकोटमा माओवादी केन्द्र विजयी

जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 
नगरप्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी हुनुभएको छ । केसीले सात हजार ३९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धीरेन्द्र बटालालाई पराजित गर्नुभएको हो । बटालाले ६ हजार ६१५ मत पाउनुभयो । सो नगरपालिकामा कांग्रेस र एमालेबीच चुनावी  गठबन्धन भएको थियो ।  

उपप्रमुखमा विजयी शाहीले सात हजार २६५ मत तथा उहाँका निकटतम प्रतिद्वन्द्वी दिनेश चन्दले ६ हजार २६८ मत प्राप्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button