देबदह प्रमुख र उपप्रमुखमा एमालेका खरेल र गुरुङ विजयी
भैरहवा । रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेकपा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन्।

खरेल नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका हिरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन। खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाए।
उपप्रमुखमा नेकपा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन्। गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६४९४ मतान्तरले पराजित गरेकी छन्।
४८ हजार २ सय ९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७ सय ८४ मत पाउँदा गिरीले ७ हजार दुई सय ९० मत पाइन्।







प्रतिक्रिया राख्नुहोस्