तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको गोदावरी नगरपालिकाको मेयरमा काँग्रेसका भट्ट निर्वाचित

धनगढी । कैलालीको गोदावरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका वीरेन्द्र भट्ट निर्वाचित हुनु भएको छ । एमालेका गोकर्ण भट्टलाई ४२ सय बढी मतान्तरले पराजित गर्दै भट्ट मेयरमा निर्वाचित हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मेयरमा निर्वाचित भट्टले १५ हजार ५०१ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत प्राप्त गर्नु भएको छ । यस्तै उपमेयरमा नेकपा एमालेका शारदा देवी रोकाय निर्वाचित हुनु भएको छ । रोकायले १० हजार ६७० मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रत्ना कडायतले ९ हजार ९८३ मत प्राप्त गर्नु भएको छ ।

मेयरमा निर्वाचित भट्ट २०७४ सालको निर्वाचनमा एमालेसँग मेयरमा पराजित भएका थिए भने उपमेयरमा पराजित कडायत निवर्तमान उपमेयर हुन् ।

यसैबिच गोदावरी नगरपालिकाका १२ वडा मध्ये  ७ वडामा काँग्रेस, ४ वडामा एमाले र १ वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button