तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रनगरमा अध्यक्ष कांग्रेस उपाध्यक्षमा माओवादी निर्वाचित

सर्लाही।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएको छ ।

कांग्रेस बाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोले ३९९५ मत ल्याएर विजयी भएको छ भने उपाध्यक्षमा गीता देवी महतोले ३८६० मत ल्याएर विजयी भएका छन् ।

महतोकाका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियाले ३५३६ मत प्राप्त गरे भने उपाध्यक्षमा गीता देवीको निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपाध्यक्ष पदका उम्मेदवार मन्जु देवीले २९५८ मत प्राप्त गरेकी चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिनुभयो ।

यो सँगै सर्लाहीमा नेपाली काँग्रेसले ९ पालिकामा जित निकालेको छ भने माओवादी केन्द्रले २ पालिकामा जित निकोलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button