तपाईँ सुन्दै हुनुहुन्छः

भारतद्वारा नेपालका लागि नयाँ राजदूतमा श्रीवास्तव नियुक्त

काठमाडौँ । भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ ।

हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो ।

भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नु हुनेछ । नवनियुक्त राजदूत श्रीवास्तव सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गर्नुभएको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button