मकवानपुरको राक्सिराङमा कांग्रेस–माओवादी गठबन्धन विजयी
मकवानपुर । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत मकवानपुरको राक्सिराङमा कांग्रेस–माओवादी गठबन्धन विजयी भएको छ।
मङ्गलवार सम्पन्न मत परिणाम अनुसार गाउँपालिकाका अध्यक्षमा काँग्रेसका राजकुमार मल्ल र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार बनस्तम थिङ निर्वाचित हुनुभएको छ । मल्लले ५४८१ मत प्राप्त उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बालुलाल स्याङतानले ४५७२ मत प्राप्त गर्नुभयो । निवर्तमान अध्यक्ष समेत रहनु भएका मल्ल ९०९ मतान्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
त्यसैगरी उपाध्यक्षमा बनस्तम थिङ एमालेका उम्मेदवार सुन्तलीमाया प्रजा भन्दा ७१० मत बढी प्राप्त गरेर विजयी हुनुभएको हो । थिङले ४८३९ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रजाले ४१२९ मत प्राप्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्