दुहबीमा १२ हजार २ सय ६३ मत गणना सम्पन्न
सुनसरी । निर्वाचन अधिकृतको कार्यालय दुहबीले दिएको जानकारी अनुसार दिएको जानकारी अनुसार अहिले सम्ममा १२ हजार २ सय ६३ मत गणना सम्पन्न भएको छ ।
सुनसरीको दुहबी नगरपालिकाको ताजा परिणाम अनुसार नगर प्रमुख पदका नेकपा एमालेका उम्मेदवार विनय पोख्रेल अगाडी देखिएका छन् ।
नगर प्रमुख पदका नेकपा एमालेका उम्मेदवार पोख्रेलले ४ हजार ९ सय २० मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वेद नारायण गच्छदारलाई ४ हजार ८ सय ५५ मत प्राप्त भएको छ ।
उपप्रमुखमा नेपाली काँग्रेसका मेनुका खतिवडाले ४ हजार ५ सय १५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट सरोज सिंहले २ हजार ४ सय १२ मत प्राप्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्